होमपेज > निजामती विधेयक : कर्मचारी निलम्बन भएमा आधा तलब, अरु के–के छ सुविधा ?

निजामती विधेयक : कर्मचारी निलम्बन भएमा आधा तलब, अरु के–के छ सुविधा ?

बिज्ञापन
निजामती विधेयक : कर्मचारी निलम्बन भएमा आधा तलब, अरु के–के छ सुविधा ?
बिज्ञापन

निजामती कर्मचारी निलम्बनमा परेमा आधा तलब पाउने प्रस्ताव गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार प्रतिनिधिसभामा दर्ता गरेको विधेयकको दफा ४७ मा कर्मचारी निलम्बन भएमा पाउने तलबको व्यवस्था गरिएको छ ।

‘कुनै निजामती कर्मचारी आफूले सम्पादन गरेको सरकारी कामको सम्बन्धमा यो ऐन वा प्रचलित कानुनबमोजिम निलम्बन भएमा सो निलम्बनको अवधिभर निजले आफ्नो तलबको आधा मात्र पाउने छ,’ उपदफा १ मा भनिएको छ ।

तर, अभियोगबाट सफाइ पाएमा निलम्बन रहेको अवधिमा आधा तलब पाएको भए सो कट्टा गरी बाँकी र नपाएको भए पूरै तलब (तलब वृद्धि हुने भएमा सोसमेत) पाउने छ र कसुरदार ठहरिएमा निलम्बन भएको मितिदेखिको बाँकी तलब भत्ता नपाउने भनिएको छ । 

कुनै अदालतमा मुद्दा दायर भएको कारणले कुनै निजामती कर्मचारी निलम्बन भएमा त्यस्तो मुद्दामा अदालतबाट कसुरदार ठहरी फैसला भएमा त्यस्तो फैसला भएको मितिदेखि निजले तलब नपाउने प्रस्ताव विधेयकमा गरिएको छ ।

कर्मचारीलाई चाडपर्व खर्चको व्यवस्था गरिएको छ । ‘निजामती कर्मचारीले आफ्नो धर्म, संस्कृति, परम्पराअनुसार मनाउने चाडपर्वका लागि खाइपाइ आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक आर्थिक वर्षमा एकपटक चाडपर्व खर्चको रूपमा पाउने छ,’ विधेयकमा भनिएको छ ।  

निवृत्तिभरण पाउने गरी अवकाशप्राप्त कर्मचारी वा निजको पारिवारिक निवृत्तिभरण पाउने व्यक्तिले निजले पाउने एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्चको रूपमा पाउने छन् ।  निजामती कर्मचारीको मासिक तलबबाट दश प्रतिशतका दरले हुने रकम कट्टा गरी सो रकममा नेपाल सरकारले शतप्रतिशत रकम थप गरी कर्मचारी सञ्चय कोषमा जम्मा गरिने छ ।  

निजामती कर्मचारीको योगदानमा आधारित जीवन बीमा गर्ने प्रस्ताव विधेयकमा छ । निजामती कर्मचारीलाई तोकिएबमोजिम दुर्घटना बीमाको व्यवस्थाको प्रस्ताव गरिएको छ । निजामती कर्मचारीका बढीमा दुई सन्ततिलाई स्नातक तहसम्म अध्ययन गर्न आवश्यक पर्ने खर्चको निमित्त तोकिएबमोजिम शैक्षिक बीमा योजना लागू गर्न सकिने प्रस्तााव विधेयकमा गरिएको छ । 

निजामती कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो ब्याजजदरमा ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । तर यस्तो सुविधा  कर्मचारीले सेवाअवधिभर एकपटक मात्र लिन सक्ने छन् । राजपत्राङ्ङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिको निजामती कर्मचारीलाई तोकिएबमोजिम सवारी साधन सुविधा उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा