होमपेज > रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा

रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा

बिज्ञापन
बिज्ञापन

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकेर कतार पुगेका छन् । तर, उनी नफर्किँदै वरिष्ठ नेता अशोक राईसहित बहुमत सांसदले उनको दल जसपा विभाजन गरेका छन् ।

वरिष्ठ नेता राईसहित सात सांसदले आइतबार निर्वाचन आयोगमा नयाँ दलका लागि निवेदन दिएपछि जसपा औपचारिक रूपमा फुटेको हो । नयाँ दलको केन्द्रीय अध्यक्षमा राई र संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ प्रस्ताव गरिएको छ । रेणु यादव सहअध्यक्ष बसेकी छिन् । 

झट्ट हेर्दा जसपाको विभाजन निकट विगतकै किचलोका कारण भएको देखिए पनि विभाजनको जरा खोतल्दै जाँदा २०७७ मा पुगिन्छ । त्यतिबेला जसपाका १७ सांसद थिए । अहिले विभाजनको पक्षमा लागेका रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतका अधिकांश नेता त्यतिबेलै पार्टी फुटाउन चाहन्थे । विभाजनलाई सजिलो हुनेगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए पुग्नेगरी अध्यादेश ल्याएका थिए । पूर्वआईजीपी सर्वेन्द्र खनाल र एमाले नेता महेश बस्नेतलाई खटाएर डा सुरेन्द्र यादवलाई अपहरणकै शैलीमा मेरियट होटल ल्याइएको थियो । तर, योजना एकाएक तुहिएपछि त्यो समूह तितरबितर भयो । 

जसोतसो त्यो विभाजन टारेका उपेन्द्रले लगत्तै राष्ट्रिय जनता पार्टी (राजपा)सँग पार्टी एकता गरेका थिए । उपेन्द्रलाई त्यतिबेला बलियो साथ दिएका अशोक राई समूहले यसपटक आफ्नै नेतृत्वमा पार्टी विभाजन गरेको हो । 

एकलौटी पार्टी हाँक्ने यादवसँग न डा बाबुराम भट्टराई टिक्न सके, न त महन्थ ठाकुर र राजेन्द्र महतो । एकपछि अर्कोले पार्टी विभाजन गर्दै जाँदा यादव पार्टीमा कमजोर भइरहेका थिए । कुनै बेला एकछत्र नेतृत्व रहेको पार्टीका बहुमत सांसद अलग हुँदासम्म यादवले सुँइकोसम्म पाउन सकेनन् । कतिसम्म भने यादवले अति नजिकका ठानेर मन्त्री बनाएका नवलकिशोर सुडीले समेत उनको साथ छाडेका छन् । 

पेलिएका थिए अशोक राई 

पहिचानको मुद्दामा एमालेसँग मत बाँझिएपछि २०६९ सालमा जनजाति पृष्ठभूमिका नेताहरू लिएर अलग्गिएका नेता हुन् अशोक राई । कुनैबेला एमालेमा लोकप्रियको परिचय बनाएका उनी नयाँ पार्टीबाट प्रत्येक्ष निर्वाचित हुन भने सकेका थिएनन् । मधेशी जनाधिकार फोरमसँग पार्टी एकता गरेपछि पनि उनको समूहले पहाडबाट प्रत्यक्ष चुनाव जित्न सकेन । जसका कारण पहिले संघीय समाजवादी र पछि जसपा बनेपछि पनि सो पार्टी मधेश जनाधार रहेको पार्टी बनिरह्यो । एमालेसँग तालमेल गरेर राईले २०७९ को आमचुनाव सुनसरीबाट जिते । सो चुनावमा अध्यक्ष यादव पराजित भए । तै पनि, राईलाई बहुमत देखाएर संसदीय दलको नेता बन्न दिइएन । 

२१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाए । २० फागुनमा यादव वीरगञ्जमा थिए । उनलाई काठमाडौं बोलाइयो । यादवले विमानस्थलबाट सीधै बालुवाटार पुगेर नयाँ गठबन्धनका लागि सहमति जनाए । जबकि त्यो बैठकबारे प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई थाहासमेत दिएका थिएनन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको सहमतिमा नयाँ गठबन्धन बनेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा