नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ले आज अन्तिम खेल खेल्दैछ । खेल त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरू हुनेछ ।
लगातार दुई खेल हारेको नेपालले सिरिज गुमाइसकेको भएपनि क्लिन स्विपबाट जोगिनका लागि आजको खेल जित्नुपर्नेछ ।
नेपाल सिरिजको पहिलो खेलमा २१ रनले पराजित हुँदा दोस्रो खेलमा ११४ रनको लज्जास्पद हार ब्यहोरेको थियो।
दोस्रो खेलमा नेपाल ६० रनमै अलआउट भएको थियो ।
नेपालको सम्भावित प्लेइङ–११ स् अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, विनोद भण्डारी, आरिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, रिजन ढकाल, मौसम ढकाल तथा रूपेश सिंह र विकास आग्रीमध्ये एक ।



