होमपेज > हितबहादुर तामाङलाई प्रचण्डले किन बनाए मन्त्री ?

हितबहादुर तामाङलाई प्रचण्डले किन बनाए मन्त्री ?

बिज्ञापन
हितबहादुर तामाङलाई प्रचण्डले किन बनाए मन्त्री ?
बिज्ञापन

२७ माघमा सोनाम ल्होछारको दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने बताएका थिए । कांग्रेससँगको सहकार्यमा माओवादीबाट कुनै मन्त्रीको सिट खाली रहेमा त्यसमा स्थायी समिति सदस्य तथा सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउन चाहन्थे ।

तत्कालीन माओवादी महासचिव पोष्टबहादुर बोगटीको निधनपछि बागमती र नुवाकोटबाट केन्द्रमा प्रभाव राख्ने माओवादी नेता हुन् तामाङ । सशस्त्र द्वन्द्वताका काठमाडौंको उत्तरी क्षेत्र र नुवाकोटको दक्षिणी क्षेत्रमा खटिएका थिए तामाङ । पार्टीभित्र गोप्यता राख्ने र संगठनप्रति दृढ रहेका उनी झलनाथ खनालको पालामा १३ दिने खेलकुदमन्त्री बनेका थिए । तामाङ समुदायबाट पनि एक जना सदस्यलाई मन्त्री बनाउन प्रचण्डलाई पार्टीभित्रबाट दबाब थियो । त्यो दबाबको सार्वजनिक ठाउँबाट २७ माघमा जवाफ दिएका थिए ।

उता, जिल्लामा पनि उनीपछिको नेतृत्व लिन जिल्लामा प्रतिस्पर्धा छ । नुवाकोटमा रहेर राजनीति गरिरहेका माओवादी नेताहरूले काठमाडौंलाई आधार बनाएर राजनीति गरेका नेताहरूलाई सहजै स्वीकार गर्दैनन् । २०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा लागेका तामाङ जिल्लामा सिनियर नेताहरूमध्येमा पर्छन् । 

४ मंसिरको चुनावमा तामाङ नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।  तामाङलाई मन्त्री बनाएर अर्को चुनावमा यो क्षेत्रबाट माओवादी केन्द्रले एक्लै चुनाव जित्ने वातावरण बनाउन चाहन्छन् प्रचण्ड । यो क्षेत्रमा कांग्रेसको वर्चस्व छ । मन्त्री भएर आफ्नो क्षेत्रमा देखिने खालका काम गर्न चाहन्छन्, तामाङ पनि । एमाले पनि कमजोर देखिएको जिल्लामा कम्युनिस्ट वर्चस्व बढाउन र कांग्रेसलाई काउन्टर दिने प्रचण्डको रणनीति छ । 

पूर्वअर्थमन्त्री प्रकाशशरण महतले नुवाकोट १ बाट प्रत्यक्ष चुनाव जित्ने चाहनाबमोजिम रणनीतिक आयोजनाहरूमा बजेट खन्याएका थिए । अब उनले बजेट खन्याएका योजनाहरूका काम सम्पन्न गर्ने र ठेक्का लगाउने काम गरे भनेर क्रेडिट लिने ठाउँमा पुगेका छन् तामाङ । जिल्लाको रणनीतिक सडक पासाङ ल्हामु राजमार्ग १२ वर्षदेखि अलपत्र छ । त्यसमा स्रोत सुनिश्चित गरेको भनेर महतले भनेका छन् । त्यसमा तामाङको पनि दाबी छ । 

अर्को टोखा छहरे सडक खण्डको स्तरोन्नतिमा परियोजना लगेर सर्भे गर्न लगाएका थिए तामाङले । उनको सो सर्भे गर्ने काममा पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले शिवपुरीबाट गाउँपालिका केन्द्रसम्म भर्खर ट्र्याक खुलेको बाटोमा पिच बाटोको टेण्डर पारे । तामाङ बहुल क्षेत्र भएकाले तेजले सो परियोजनाबाट पछिल्लो संघीय चुनावमा भोट आउने आश्वासन दिएका थिए । त्यसपछि दुवै परियोजनामा आफ्नो प्रभावले निर्माण भएको क्रेडिट लिन तामाङ चाहन्छन् । जिल्लामा निर्माणधीन केन्द्रीय कारागार, २०७२ सालको भूकम्पबाट क्षति भएको नुवाकोट दरबारको पुन: निर्माण, तादी र लिखु जलाधार क्षेत्रमा सिँचाइ, पालिका जोड्ने ग्रामीण सडक स्तरोन्नति, पर्यटन प्रवर्द्धनमा काम गरेर जनताको हितमा काम गर्ने भन्ने देखाउन चाहन्छन् तामाङ । 

जिल्लामा पनि तामाङ जातिवादी भएको आरोप लाग्ने  गर्छ । पार्टीमा योगदान गरेको तर अवसर नपाएको, प्रचण्डले जे भन्यो त्यही मानेर जिल्ला र स्थानीय तहको संगठनको माग सम्बोधन नगरेको आरोप तामाङमाथि छ । अब उनले यो आरोपको जवाफ उनले कार्यसम्पादनबाट दिनुपर्नेछ । 

२०८० सालको संघीय चुनावमा माओवादीबाट टिकटका लागि हितबहादुरका लागि चुनौती दिन सक्ने पात्र तेज नै थिए । पार्टीमा त्याग गरे पनि बलियो पद नपाएको र पब्लिक इमेजमा काम गर्न सक्ने नेताको छवि नबनिसकेका कारणले हितबहादुरलाई काम गर्ने र जनमत प्रभाव पार्ने ठाउँमा प्रचण्डले पुर्‍याउन चाहन्थे । यस्तोमा २०८४ सालमा कांग्रेसबाट महतले टिकटको दाबी गर्न सक्नेछन् । २०७९ को चुनावमा पनि नुवाकोट १ मा टिकट बाँड्न सकस भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा