होमपेज > अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक

अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक

बिज्ञापन
अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
बिज्ञापन

गृह मन्त्रालयले अपराध अनुसन्धानको प्रयोजनबाहेक अन्य जिम्मेवारीमा रहेका प्रहरी सादा पोसाकमा खटिन रोक लगाएको छ। प्रहरीको युनिटैपिच्छे कार्यालय प्रमुखले अपराध अनुसन्धान प्रयोजन भन्दै अन्य जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीलाई समेत घुमुवाको रूपमा सादा पोसाकमा खटाउँदै आएको छ।

मन्त्रालयले बिहीबार गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसारको निर्देशन जारी गर्दै सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै सादा पोसाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन निर्देशन दिइएको हो।

निर्देशनमा हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउन भनिएको छ।

परिपत्रमा प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ। गृहले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, प्रदेश प्रहरी कार्यालयलाई परिपत्र मार्फत निर्देशन पठाएको हो।

को-कसले सादा पोसाकमा खटाउन पाउँछन्?

प्रहरीमा जनपद समूहमा अपराध अनुसन्धान र दैनिक शान्ति सुरक्षामा प्रहरी खटाउने गरेको छ। मुख्य त प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, लागुऔषध अनुसन्धान ब्युरो, साइबर ब्युरो, मानव बेचबिखन ब्युरो, विशेष ब्युरो र काठमाडौँ उपत्यकाको हकमा उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका जनशक्ति सादा पोसाकमा खटिने गरेका छन्।

प्रदेशका हकमा केन्द्रबाट ब्युरोको अपराध अनुसन्धान गर्ने जनशक्ति खटाउने गरिन्छ। उपत्यकाको हकमा डिएसपी प्रमुख रहने वृत्तहरूमा समेत उपत्यका अपराध अनुसन्धान कार्यालयको जनशक्ति खटाउने गरिन्छ।

अपराध अनुसन्धानका लागि अलग्गै जनशक्तिको व्यवस्था गरिए पनि कार्यालय प्रमुखले आफू अनुकूलको काम लगाउन नियमित शान्ति सुरक्षामा खटिने दरबन्दी भएकाहरूलाई समेत सूचना सङ्कलनको बहानामा सादा पोसाकमा खटाउने गर्दै आएका छन्।

सादा पोसाकमा खटिने जनशक्ति आपराधिक सूचनाभन्दा अर्थ केन्द्रित गतिविधिमा बढी संलग्न हुँदा प्रहरीभित्रको घुमुवा बदनाम हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा