होमपेज > जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा

जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा

बिज्ञापन
बिज्ञापन

 

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।

बुधबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले भूमि सम्बन्धी विधेयकमा समेटिएका विषयवस्तुमा असहमति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यो निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्देशनअनुसार गरिएको हो।

जसपा नेपालका राष्ट्रियसभामा तीन जना सांसद छन्। ती सांसदहरू विपक्षमा उभिएसँगै ५९ सदस्यीय राष्ट्रियसभामा सरकार अल्पमतमा पुगेको हो।

राष्ट्रियसभामा बहुमतका लागि ३० मत आवश्यक पर्छ। तर, जसपाको समर्थन गुमेपछि सरकारसँग नेपाली कांग्रेसका १६, एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसदमात्रै रहेका छन्। यी सबै जोड्दा २८ मत मात्रै पुग्छ, जसले बहुमतको संख्या पूरा गर्दैन।

सरकार अल्पमतमा परेपछि राष्ट्रियसभामा विधेयक पारित गर्ने र महत्वपूर्ण निर्णय अघि बढाउने प्रक्रियामा कठिनाइ उत्पन्न हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा