होमपेज > चौथो सन्तान छोरी नै जन्मिएपछि आमा र सासू शिशु अस्पतालमै छाडेर फरार

चौथो सन्तान छोरी नै जन्मिएपछि आमा र सासू शिशु अस्पतालमै छाडेर फरार

बिज्ञापन
चौथो सन्तान छोरी नै जन्मिएपछि आमा र सासू शिशु अस्पतालमै छाडेर फरार
बिज्ञापन

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर आमा भागेको घटना बाहिरिएको छ । चौथो सन्तानको रूपमा फेरि छोरी जन्मिएपछि आमा र सासुआमाले एकदिने शिशुलाई छाडेर फरार भएको पाइएको हो ।

नारायणी अस्पतालका अनुसार शनिबार बिहान साढे ६ बजे सीता देवी नाम लेखाएकी महिलाले ३ केजी तौल भएकी शिशुलाई जन्म दिएकी थिइन् । बच्चा जन्मिने बित्तिकै छोरी जन्मियो भनेर सासू आमा बेडी देवीले बुहारी सीतालाई फेरि छोरी जन्माएको भन्दै रिसाएकी भावले कुरा गरिरहेकी देखिएको पाइएको स्वास्थ्यकर्मीहरुले जनाउँछन् ।

नारायणी अस्पताल प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले भनिन्,‘बच्चा जन्मिँदाकै बखत सासू आमा मुख खुम्च्याउँदै गाली गर्न थालिन् । दुई जनाबिच भनाभन पनि भएको थियो । त्यसपछि साँझ एकैचोटी हामीलाई बच्चाको अभिभावक नभएको खबर आयो । अनि हामीले अभिभावकको खोजबिन गर्दा सबै टिपोट गलत लेखाएको पायौँ ।’

उनका अनुसार एक दिने शिशु अहिले स्वस्थ रहेको छ, उनलाई एनआइसीयूमा राखिएको छ । जन्मेको १२ घण्टामै आमा र सासू आमा एक दिने नवजात शिशुलाई छाडेर फरार भएको घटना बाहिरिएपछि पर्सा प्रहरीले खोजी तीव्र बनाएको छ । तर अस्पतालमा ती महिलाहरूले गलत सूचना लेखाएकाले खोजीमा कठिनाइ भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले भने,‘ती महिलाहरू आफ्नो ठेगाना गलत लेखाएका छन्, नाम पनि गलत टिपोट गराएका छन् । त्यहाँ मोबाइल नम्बर त लेखाएकै छैनन् । त्यसकारण यो नियतवश गरिएको हुनाले खोजीमा हामीलाई कठिनाइ भइरहेको छ ।’ प्रहरीका अनुसार उनीहरूले आफ्नो ठेगाना वीरगन्ज–६ भनेर रानीघाट लेखाएका छन्, जुन गलत रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा