होमपेज > काम नगर्ने मन्त्रीलाई विश्राम दिउँ

काम नगर्ने मन्त्रीलाई विश्राम दिउँ

बिज्ञापन
काम नगर्ने मन्त्रीलाई विश्राम दिउँ
बिज्ञापन

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारीलाई कांग्रेसको वरिपरि राख्नै नहुने बताएका छन्। पार्टीको महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा मुछिएकालाई कांग्रेसको वरिपरि नराखे पार्टीको शक्ति आफैँ बढ्ने बताएका हुन्।

‘ भ्रष्टाचारमा मुछिएकोलाई कांग्रेसले वरिपरि राख्दिन भन्नुपर्छ,’ उनले भने ,’त्यसपछी हाम्रो शक्ति आफैँ बढ्छ। ‘ थापाले सरकारमा गएर पनि काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने पनि बताए।
‘ काम गर्न नसकेको मन्त्रिलाई विश्राम दिउँ। फिर्ता बोलाउँ,’ उनले भने, ‘भ्रष्टाचारी नेतालाई पाता कसेर लडाउँछौँ। तपाईंहरू सगठन निर्माणमा ध्यान दिनु कांग्रेसले यो यो गर्‍यो भनेर जनतालाई सुनाउनु।’
उनले पार्टी एक्लै चुनाव लड्न सक्ने विषयमा पनि प्रष्ट पारे। ‘कांग्रेस एक्लै लफड्न सक्छ भन्ने हुति राखेर यो हलबाट बाहिर जाने हो। पार्टीभित्र न्याय र सम्मान होस् भन्नु भएको छ। हामीलाई जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले देशको सबै समस्या समाधान गरोस् भनेर तपांईहरूले भन्नु भएको छ। बीपीले भन्नु भएको थियो। इतिहासले गौरव दिए जिम्मेवारी पनि लिनुपर्छ। हामी त्यो लिन तयार छौँ। हाम्रो इतिहासप्रति गौरव पनि छ ।’


नेताको नाममा सहरकारीबाट ठग्नेलाई कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्ने उनले बताए। उनले ०८४मा सरकारमा जाने कुरा नभई पार्टी अहिले नै सरकारमा रहेको र यो बेला गरेको काम लिएर चुनावमा जानुपर्ने बताए।
‘ हामी ०८४मा सरकारमा जान्छौँ होइन। अहिलेनै सरकारमा छौँ। अहिले गरेका काम देखाएर झन बढी मत ल्यायौँ फेरि सरकारमा जाउँ। ०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन होस् भनेर संसद्‌मा कांग्रेसले पेस गर्नुपर्ने छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा