होमपेज > सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा

सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा

बिज्ञापन
सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या र प्रशासन सचिव देवकुमारी गुरागाईँ शनिवारदेखि अनिवार्य अवकाशमा गएसँगै तीन जना सहसचिव सचिवमा बढुवाका लागि प्रतिस्पर्धामा देखिएका छन् । राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् प्रशासन सेवाका सचिव गुरागाईँ नेपाल सरकारको सचिवको पाँच वर्षे पूर्ण कार्यकाल पुरा गरेर शनिवारदेखि अनिवार्य अवकाशमा गएसँगै एक सचिवको पद रिक्त भएको हो ।

रिक्त रहेको पदमा अब वरिष्ठताका आधारमा पहिलो नम्बरमा कर्णाली प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव चूडामणि पौडेल, सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिव डा.हरि लम्साल र कोशी प्रदेशका कामु सचिव केदारनाथ शर्माको नाम सचिव बढुवाका लागि सिफारिस हुनेछ । सम्भव त लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बस्ने सचिव बढुवा सिफारिस समितिले यि तिनै जनाको नाम सचिव बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

जसमध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्नेछ । वरिष्ठताका आधारमा सचिव बढुवा भएमा पौडेल नै सचिवमा बढुवा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा