काठमाडौं । नेता राजेन्द्र महतोले नेपाल एकल राष्ट्रिय राज्य नभएको दाबी गरेका छन्। बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको घोषणा गर्दै अब यसरी देश नचल्ने बताए।
उनले भने, ‘अहिले ७० वर्षदेखि जसरी शासन गर्यो त्यसरी अब चल्न सक्दैन। त्यो परिस्थिति र अवस्थासँगै सत्ता बदल्नको लागि अभिनय अगाडि बढेको छ। यो राष्ट्रिय मुक्ति क्रान्तिमा गएर लक्ष्यको प्राप्ति गर्छ। एकल राज्य त हुँदै हुँदैन यो देश एकल छँदै छैन। सबै राष्ट्रियता मिलेर नै नेपाल बनेको हो। शासन एउटाको हुन्छ ? एकल राष्ट्रिय राज्यबाट देश चल्छ ? त्यही भएर त देश बिगारेको हो।’
उनले आफ्नो अभियानसँगै क्रान्ति अगाडि बढ्ने बताए।
उनले भने, ‘हाम्रो संघर्षपछि क्रान्ति हुँदै स्वतः राजनीतिक शक्तिको माग गर्छ। त्यहाँबाट राजनीतिक शक्ति पैदा हुन्छ। हाम्रो परम्परागत पार्टी हुँदैन। निर्वाचन आयोगमा २ सय भन्दा धेरै पार्टी दर्ता छन्।’



