प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसहित बनेको सरकारमा रहेका सबै मन्त्री बर्खास्त गरी मन्त्रालय आफ्नो मातहतमा ल्याएका छन्। उनले राष्ट्रपति कार्यालयमा बुझाएको विवरण अनुसार राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा उल्लेख भए अनुसार सबै मन्त्रालयको नेतृत्व आफू मातहत ल्याएका छन्।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरी कार्य विभाजन गरिएको उल्लेख छ।




