होमपेज > लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज

बिज्ञापन
बिज्ञापन

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

केन्द्रमा गठबन्धन फेरबदल भएसँगै एमालेको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

महरालाई ४८ सांसदले समर्थन गरेका छन् । त्यसमध्ये गठबन्धन दलका ४७ र एक स्वतन्त्र सांसद हुन् । मुख्यमन्त्रीमा शपथ लिएसँगै आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने उनको तयारी छ । आज दिउँसो पौने २ बजे उनको शपथ हुने जनाइएको छ ।

लुम्बिनीमा गठबन्धनले मन्त्रालय भागवण्डा पनि लगभग टुंग्याइसकेको छ । जसअनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहति ३ मन्त्रालय पाउने भएको छ भने एमालेले ५, जसपाले २ मन्त्रालय पाउनेछन् । त्यस्तै एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले पालैपालो एक मन्त्रालय पाउने भएका छन् ।

अन्तिम समयमा सरकारलाई समर्थन गरेको नाउपालाई पनि मिलाएर लैजाने गठबन्धन दलहरूको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा