होमपेज > कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अदालतमा मुद्दा पर्‍यो

कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अदालतमा मुद्दा पर्‍यो

बिज्ञापन
कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अदालतमा मुद्दा पर्‍यो
बिज्ञापन

दोहोरी गीत सम्बन्धी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

उनी विरुद्ध इन्द्रेणी कार्यक्रमकै पूर्व कलाकारले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाएर यौन प्रस्ताव राखेको उनको दाबी छ। एक साताअघि इन्द्रेणीबाट निष्कासनमा परेका ती कलाकारसहितका ६ जनाले कँडेलविरुद्ध विभिन्न आरोप लगाउँदै आएका थिए।

कँडेलले पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गर्दै गत शुक्रवार ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।

टेलिभिजन हुँदै युट्युबमा इन्द्रेणी कार्यक्रम चलाउँदै आएका उनले सहयोगका नाममा विभिन्न व्यक्तिहरूबाट पैसा उठाउने गरे पनि उनले न उठाएको रकमको विवरण सार्वजनिक गर्छन् न खर्च विवरणै।

उनीमाथि आर्थिक अपारदर्शिताको आरोप समेत लाग्दै आएको थियो। तर पछिल्लो समय यौन दुर्व्यवहार गरेको, ह्यारेसमेन्ट गर्ने गरेको लगायतका आरोप लागेको थियो। सामाजिक सञ्जालबाट सुरु भएको आरोप प्रत्यारोप आइतबारबाट अदालतमै पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा