होमपेज > मेनुका सहभागी ‘इण्डियन आइडल १४’को उपाधि वैभवलाई

मेनुका सहभागी ‘इण्डियन आइडल १४’को उपाधि वैभवलाई

बिज्ञापन
मेनुका सहभागी ‘इण्डियन आइडल १४’को उपाधि वैभवलाई
बिज्ञापन

भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन्।

उनले उपाधिसँगै २५ लाख रुपैंयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए।

शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए।

शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र सेकेण्ड रनरअप भए। उनीहरूले एक ट्रफी र ५ लाख रुपैयाँको चेक पाए। अनन्या थर्ड रनरअप बन्दै ट्रफी र ३ लाखमा चित्त बुझाइन्।

शोको पहिलो दुई र नवौं संस्करणको निर्णायक सोनु निगम ग्राण्ड फिनालेको विशेष निर्णायक थिए। 

रियालिटी शो ‘सुपरस्टार सिंगर’ को आगामी सिजनमा सुपर जजको रूपमा देखिन लागेकी नेहा कक्कड पनि फिनालेमा सहभागी थिइन्।

वैभवले सन् १९९१ मा रिलिज एक्सन ड्रामा ‘हम’मा रहेको गीत ‘जुम्मा चुम्मा’ प्यारेलाल सिम्फोनी च्यालेन्जका लागि गाएका थिए। उनले फिनालेको अन्तिम गीत सोनू निगमका साथ ‘जोरुका गुलाम’ गाएका थिए।

यहि सिजनमा नेपालबाट गायिका मेनुका पौडेल पनि सहभागी भएकी थिइन्। उनी टप १० सम्म पुगेर बाहिरिएकी थिइन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा