होमपेज > घरेलु मैदानको फाइदा उठाउन नसकेको नेपाल 

घरेलु मैदानको फाइदा उठाउन नसकेको नेपाल 

बिज्ञापन
घरेलु मैदानको फाइदा उठाउन नसकेको नेपाल 
बिज्ञापन

सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटमा सहभागिताका लागि प्रवेशद्वारका रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो त्रिकोणीय सिरिज सकिँदा नेपालको प्रदर्शन निराशाजनक भएको छ । आइतबार सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएसँदै सिरिज टुंगिएको छ ।

नेपालले लिगको पहिलो सिरिज आफ्नो घरेलु मैदानमा खेल्ने अवसर पाएको थियो । यो त्यहि पिच थियो, जहाँ अघिल्लोपटक लिग २ का अन्तिम १२ खेलमध्ये ११ खेलमा विजयी हुँदा नेपालले ८ खेल खेलेको थियो । र कीर्तिपुर मैदानमा नेपालले लगातार १४ ओडीआई जितेको कीर्तिमान कायम गरेको थियो । तर, योपटक लिगको पहिलो सिरिजमा नेपाल एक मात्र खेल जित्न सफल भयो । 

नामिबिया र नेदरल्यान्ड्ससमेत सहभागी सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित हुँदा नेपालले खराब ब्याटिङ गरेको थियो । नामिबियाको बलिङ आक्रमण सामु टिक्न नसकेका नेपाली ब्याटर नेदरल्यान्ड्सको पहिलो खेलमा बाहेक ‘कलर’ मा देखिएनन् । पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध ४१.१ ओभरमा १३२ रनमा अलआउट भएको थियो । जसमा सर्वाधिक भीम सार्कीले ४४ रन  बनाएका थिए । 

आफ्नो दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेपालले यो सिरिजमा पाएको यो एक मात्र जित थियो । यो खेलमा नेपाल बलिङ र ब्याटिङ दुबैमा चम्केको थियो । जसमा कुशल भुर्तेलले ४ विकेट लिएका थिए भने नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतक बनाएका थिए । 

तेस्रो खेलमा नेपाल नामिबियासँग नेपाल २ विकेटले पराजित भएको थियो । सो खेलमा नेपाल पहिला ब्याटिङ गर्दै १७२ रनमा अलआउट भएको थियो । यो खेलमा ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए । 

चौथो खेलमा नेपाल आइतबार नेदरल्यान्ड्सँग पराजित हुँदा नेपालले पहिला ब्याटिङ गर्दा १७२ रन मात्र बनाउन सकेको थियो । यो खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाएका थिए । 

खस्किएको ब्याटिङ

विश्वकप क्रिकेट लिग २ को पहिलो सिरिज सुरु हुनुअघि नेपालले क्यानडासँग तीन खेलको ओडीआई सिरिज खेलेको थियो । र सो सिरिज क्लिन स्वीप गरेको थियो । यसै खेलबाट लामो समयपछि अनिल साह टिममा फर्किएका थिए । उनी घरेलु प्रतियोगितामा राम्रो प्रशर्दनपछि राष्ट्रिय टिममा परेका थिए । क्यानडासँगको लिगमा पनि राम्रो खेलेपछि उनले लिग २ सिरिजका सबै खेलमा मौका पाए । 

तर, नेदरल्यान्ड्ससँगको पहिलो खेलमा अर्धशतक बनाउनुबाहेक अन्य खेलमा उनी दोहोरो अंकको स्कोरसम्म पनि पुग्न सकेनन् । नामिबियाँसँगको दोस्रो खेलमा त उनी शून्यमा आउट भए । विस्फोटक अन्दाजमा राष्ट्रिय टिममा कमब्याक गरेका उनको प्रदर्शनमा एकरुपता देखिएन । 

यति मात्र होइन, नेपालको सबैभन्दा भरपर्दो ब्याटरका रुपमा रहेका कप्तान रोहित पौडेलले चारै खेलमा ब्याटबाट प्रभाव देखाउन सकेनन् । क्रिजमा जमिसकेपछि पनि विकेट खेर फाल्ने उनको कमजोरी एक्सपोज यो सिरिजमा भए । उनमा परिपक्वताको कमी स्पष्टै देखियो । 

त्यसो त यो सिरिजमा दुईवटा अर्धशतक बनाएका आसिफ शेखबाहेक कुनै पनि ब्याटर सफल देखिएनन् । जसका कारण नेपालले सिरिजमा हार व्यहोर्नुपरेको हो । नेपालले सिरिजमा गुमाएका तीनवटै खेलमा ब्याटिङ कमजोरी देखिएको थियो । 

खराब पिच 

त्रिवि मैदानको पिच तुलनात्मक रुपमा ब्याटिङ मैत्री मानिन्थ्यो । तर, यो सिरिजमा ठीक उल्टो भयो । सिरिजका सबै ६ खेलमा बलर हाबी देखिए । त्यो पनि स्पीनरहरू । अझ पार्ट टाइम स्पीनर झनै खतरनाक देखिए । यसको मुख्य कारण पिचको अवस्था हो । त्रिविको पिचमा बिहानी समय ब्याटरलाई टिक्नै मुस्किल बन्यो । जसका कारण सिरिजका ६ मध्ये ५ खेलमा पहिला बलिङ गर्ने टिम विजयी भए । 

यसरी पिचले भूमिका खेल्दा टस निर्णायक देखियो । टस जितेर पहिला बलिङ गर्ने अनि जित निकाल्ने सहज फर्मुला पिचका कारण बनेको हो । यो पिचमा पहिलो पारीमा बनेको सर्वाधिक स्कोर २०७ हो । जसलाई नेदरल्यान्ड्सविरुद्ध नामिबियाले सफलतापूर्वक रक्षा पनि गरेको थियो । यो मात्र एक खेल थियो जसमा टस हारेर पहिला ब्याटिङ गरेको टिम विजयी भएको थियो । 

दूर्भाग्य नै भन्नुपर्छ नेपालले आफ्ना चारमध्ये तीन खेलमा टस हार्‍यो र खेल पनि हार्‍यो । टस जितेको एक मात्र खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । घरेलु टिमलाई नै घाटा हुनेगरी पिच तयार भएका कारण नेपालले घरेलु दर्शकका अगाडि फाइदा उठाउन सकेन । जसका कारण ८ टिम सहभागी लिगको शीर्ष चारमा पर्दै ओडीआई मान्यता कायम राख्ने र विश्वकप छनोट खेल्ने यात्रा नेपालका लागि कठिन बनेको छ । 

लिगमा नेपाल, क्यानडा, नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड्स, यूएई, ओमान र अमेरिका छन् । यी ८ टिममध्ये नामिबिया, नेदरल्यान्ड्स्, स्कटल्यान्ड्स, यूएई र ओमान बलिया टिम हुन् । अघिल्लोपटकको लिग स्कटल्यान्ड्सले जितेको थियो भने ओमान उपविजेता बनेको थियो । नेदरल्यान्ड्स भने अघिल्लोपटक आईसीसीका पूर्ण सदस्यहरूले खेल्ने सुपर लिगमा थियो । यसपटक उ लिग २ मा आएको छ । 

यो पनि पढ्नुहोस्...

कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा