लोकसेवा आयोगले २२५ जना शाखा अधिकृतको पदस्थापनाकाले लागि सिफारिस गरेको छ । ती मध्ये एकीकतृ समूहमा २१७ र परराष्ट्र सेवा तर्फ ८ जना सिफारिस भएका छन् ।
लोकसेवा आयोगले सूचना मार्फत दिएको जानकारी अनुसार नेपाल प्रशासन सेवा, समान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखा परीक्षण समूह र संघीय संसद सेवा, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको हो ।
प्रशासन÷राजस्व (खुला) तर्फ पहिलो नम्बरमा अरबिन रानाभाट सिफारिस भएका छन् । खुला तर्फका १०५ जना प्रतिस्पर्धि मध्ये उनी पहिलो नम्बरमा सिफारिस भएका हुन् । त्यस्तै परराष्ट्र सेवा (खुला) तर्फ पाँच जना मध्ये प्रतीकराज जोशी पहिलो नम्बरमा सिफासिर भएका हुन् ।



