होमपेज > संसद भवनमा आन्दाेलनकारी छिरेपछि सिंहदरबारमा खैलाबैला

संसद भवनमा आन्दाेलनकारी छिरेपछि सिंहदरबारमा खैलाबैला

बिज्ञापन
संसद भवनमा आन्दाेलनकारी छिरेपछि सिंहदरबारमा खैलाबैला
बिज्ञापन

साेमबार दिउँसाे नयाँबानेश्वरस्थित संसद भवनमा लघुवित्तपीडितहरू छिरेर प्रदर्शन गरेकाे घटनाले सिंहदरबारमा हलचल ल्याएकाे छ । घटनाबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ गरेका छन् ।

उनले काठमाडौंका सबै सुरक्षा प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर घटनाबारे जानकारी लिएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक, काठमाडौं जिल्ला प्रहरी प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतका अधिकारीहरूलाई गृहमन्त्री श्रेष्ठले आकस्मिक रूपमा मन्त्रालयमा डाकेका हुन् । 

उनीहरूलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी कसरी भयाे भनेर प्रश्न गरेका छन् । प्रकरणकाे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ । 

देशभरका लघुवित्तपीडितहरू केही दिनदेखि काठमाडाैंमा प्रदर्शन गरिरहेका छन्  । उनीहरूले साेमबार दिउँसाे संसद भवन परिसरमा नाराबाजी गरेका थिए । 

यो पनि पढ्नुहोस्...

कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा
  2. कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान
  3. कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत
  4. सरकारले पूर्वाग्रही ढंगले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : महत
  5. रेणु र इस्तियाकले नसकेको जसपा विभाजन अशोक राईको नेतृत्वमा
  6. जापानी परराष्ट्रमन्त्री आज आउँदै, यस्तो छ नेपाल-जापान सम्बन्ध
  7. कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
  8. एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल
  9. लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज
  10. १० अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक
  11. ११ सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा
  12. १२ कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर
  13. १३ नेकपा एमालेको सचिवालय बैठक बस्दै
  14. १४ आज फागु पूर्णिमा, आपसमा रङ खेलेर मनाइँदै
  15. १५ परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा